कर्णाली प्रदेश सरकार, मन्त्रिपरिषदको २०७८/०१/२९ गतेको मन्त्रिपरिषद कार्य विभाजन नियमावली, २०७४ तथा प्रदेश सरकार कार्य सम्पादन नियमावली, २०७४ संशोधन स्वीकृति भएबमोजिम जलश्रोत तथा ऊर्जा विकास मन्त्रालय, कर्णाली प्रदेशको स्थापना भएको थियो।तर मिति २०७९/१०/०९ गतेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषदको बैठकको निर्णयानुसार यस मन्त्रालय भौतिक पूर्वाधार विकास मन्त्रालयमा गाभिएको थियो।तत्पश्चात मिति २०८०/०१/०९ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार मन्त्रिपरिषद कार्यविभाजन नियमावली २०७४ को अनुसूची १ र २ मा संशोधनपश्चात यस मन्त्रालयको पुन:स्थापना भएको थियो।

जलश्रोत तथा ऊर्जा विकास मन्त्रालय, कर्णाली प्रदेश मातहत खानेपानी, सिंचाई तथा ऊर्जा विकास कार्यालय, सल्यानको स्थापना भएको हो। यस कार्यालयको मुख्य उदेश्य सल्यान जिल्लाका नागरिकहरुको जीवनस्तर सुधार गर्नको लागि खानेपानी, सिंचाई र ऊर्जाको पहुँच विस्तार गर्नु तथा दिगो विकास सुनिस्चित गर्नु रहेको छ।